
स्वयम्सेवक आवश्यकता
- 2024/05/09
दलित सरोकार मञ्च नेपाल २०७२ सलामा दर्ता भएको एक गैरसरकारी संस्था हो । सप्तरी र सिरहा नेपालकै सबैभन्दा बढी दलित समुदाय बसोबास गर्ने जिल्ला हुन् । हुन त नेपालभरकै दलितहरू छुवाछूत लगायतका विभेदजन्य व्यवहारबाट पीडित छन् । तुलनात्मक रूपमा हेर्दा यस्तो पीडा मधेसका दलितले बढी भोग्न बाध्य भइरहेका छन् । त्यसैले मधेसका दलित समुदायलाई यस्तो पीडाबाट मुक्त गराइ समानतामा आधारित समाज निर्माण गर्नु दलित सरोकार मञ्चको मुख्य गन्तव्य हो । सप्तरी जिल्ला स्थित कञ्चनरुप नगरपमलिका वडा नम्बर ८ मा अवस्थित रहे पनि यो मञ्चको कार्यक्षेत्र विशेषगरी मधेस प्रदेशभरि छ । सञ्चार माध्यम मार्फत विषय उठान गर्ने र समाधानका लागि दबाब सिर्जना गर्ने सवालमा भने सिङ्गै मुलुक कार्यक्षेत्र बन्न पुगेको छ ।
युएसएआईडी नेपालको आर्थिक सहयोगमा द एसिया फाउन्डेसनले कार्यन्वयन गरेको युएसआईडी नागरिक समाज र सञ्चार परियोजना तथा दलित सरोकार मञ्च नेपाल सप्तरीको आयोजनमा ूदलित समुदायका नागरिक समाज,जनप्रतिनिधि र पत्रकारहरुको सञ्जाल निर्माण र परिचालन परियोजनाू अन्तर्गत मधेश प्रदेशको आठ जिल्लाका लागी मञ्चलाई दलित नेतृत्व नागरिक समाज तथा दलित पत्रकारहरु छनोट गर्नु पर्ने भएको हुँदा उक्त छनोट कार्यमा फिल्ड स्तरमा कार्य गरि सघाउ पुर्याउने तपशिल बमोजिम कार्य अनुभव, दक्षता, र उक्त कार्यसंग सम्मिलित मधेश प्रदेशको ८ जिल्लाबाट ८ जना स्वयम्सेवक गणकहरुको आबश्यक देखिएकोले ३ दिन भित्र संस्थाको मेल ठेगाना वा कार्यालय समयमा व्यक्तिगत विवरणसहित पेश गर्नहुन जानकारी गराईन्छ ।
तपशिल
- कम्तिमा १० कक्षा पास भएको र अंग्रेजी र नेपाली भाषामा लेख्न, पढ्न जान्ने ।
- दलित समुदाय, सामाजिक न्याय, र मिडिया प्रतिनिधित्व संग सम्बन्धित विषयहरुमा ज्ञान भएको र विभिन्न सरोकारवालाहरु संग समन्वय गर्ने क्षमता भएको ।
- पत्रकारिताको क्षेत्रमा कार्य अनुभव भएको ।
- नेपाली नागरिक भएको हुनुपर्ने ।
- २० बर्ष देखि ४५ बर्ष सम्म उमेर भएको हुनुपर्ने ।
स्वयम्सेवक गणकको Terms of reference (ToR) अनुसार कार्य गर्नुपर्ने (ToR) लिंक तल (www.dsm.org.np) मा राखिएको छ ।
सम्र्पक
दलित सरोकार मञ्च नेपाल
कञ्चनरुप न.पा. ८ सप्तरी
फोन नं.०३१५६०७७८ / ९८०१५७७९३५