
Rahat distributed to 278 households of Mushar community of Kanchanrup Municipality
- 2023/07/10
दलित सरोकार मञ्च नेपाल कञ्चनरुप नगरपालिका–८ले दुई सय ७२ घर मुसहर समुदायलाई शुक्रबार राहत वितरण गरेको छ । व्योम कुसुमा बुद्धधर्म संघका विध्याधर आर्चाय महायोगी श्रीधर राणा रिन्पोछेको सहयोगमा मञ्चले वडा नम्बर ४ मा एक सय १२ घर, वडा नम्बर १० मा १२९ घर र वडा नम्बर १ मा ३१ घर मुसहर समुदायलाई राहत वितरण गरिएको संस्थाकी कार्यक्रम सहायक अनिता कुमारी खंगले जानकारी दिइन् । राहतमा उसिना चामल २५ किलो, गहूको पिठो ५ किलो, दाल ३ किलो,सोयाविन ३ किलो,साबुन ४ पिस र नून २ पकेट वितरण गरिएको छ । वडा नम्बर ४को जगतपुरमा ४६ घर र बकालमा १४ घरमा सोयाविन २ केजी वितरण गरिएको थियो ।
कञ्चनरुप नगरपालिकाले अहिलेसम्म एक पटक मात्रै राहत वितरण गरेकोले लकडाउनका कारण दलित समुदायभित्र पनि सिमान्तकृत मुसहर समुदायलाई पहिलो प्राथमिकतामा राखेर राहत वितरण गरिएको कार्यक्रम सहायक खंगले जानकारी दिइन् । नेपाल राष्ट्रिय मुसहर संघका संचिवालय सदस्य बद्री सदा,कञ्चनरुप ११का रामनारायण सदाले राहत वितरणको लागि समवन्य गरेको थियो । राहत वितरण कार्यक्रममा वडा नम्बर १०का वडाअध्यक्ष दिलिप चौधरी,वडा सदस्य रामलखन पासवान,दलित अगुवा शिवशंकर पासवान,जगदेव सदा, वडा नम्बर १का वडाअध्यक्ष करिम शेख, वडा सदस्य शोभा यादब, वडा नम्बर ४ मा मञ्चका कार्यसमिति सदस्य रमानन्द राम, दलित अगुवा दिपक सदा, रवीन पासवान, वडा नम्बर ८ का वडासदस्य संजय पासवान, पत्रकार किशोर पासवान लगायतले सहयोग गरेका थिए ।
नेपाल राष्ट्रिय मुसहर संघका संचिवालय सदस्य बद्री सदाका अनुसार लकडाउनका कारण दलितहरुको रोजीरोटी बन्द भएपछि दैनिक रुपमा काम गरेर खाने वर्गलाई सबभन्दा बढी समस्या भएको बताए । उनले भने,कञ्चनरुप नगरपालिका मुसहर बस्तीका दर्जनौ घरमा चुल्हो बन्द रहेको अवस्थामा मञ्चले विभिन्न संघसंस्थाबाट मुसहर लगायत दलित समुदायलाई राहत वितरण गरेको छ,म धन्यबाद दिन चाहन्छु ।’ यस अघि पनि दलित सरोकार मञ्चले विभिन्न संघ सस्था र व्यक्तिहरुको सहयोगमा कञ्चनरुप नगरपालिका–५ प्रिप्रापूर्व,हनुमानगर कंकालिनमाई नगरपालिका–१ कोशी ब्यारेज,कञ्चनरुप नगरपालिका–५कै रामपुर पथरी,कञ्चनरुप नगरपालिका–८ र ४का एकल महिला र अपाङ्ग तीन सय ५० परिवारभन्दा बढीलाई राहत वितरण गरेको मञ्चका जिल्ला संयोजक राजकुमार पासवानले जनाए । गत जेष्ठ ६ गते कञ्चनरुप नपा–५ रामपुर पथरीका मलर सदा भोकका कारण मरेका थिए ।